कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढा क्षेत्रीले परिणाममुखी नतिजा आउने गरी पारदर्शी रूपले कार्यसम्पादन गर्न सचिवलगायत मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिए । कार्यसम्पादन सम्झौतापछि सचिव काप्रीले मन्त्रीसमक्ष फाइल हस्तान्तरण गरे । सचिव