जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
प्रभु सेलेक्ट फण्ड, बलेफी हाइड्रोपावर, सानिमा इक्वीटी फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र सेञ्चुरी कमर्सियल बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।
यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको १ लाख २२ हजार ५८० इकाई खरीद माग रहेको छ । त्यसैगरी बलेफी हाइड्रोपावरको १ लाख १० हजार १४२ कित्ता,
सानिमा इक्वीटी फण्डको ९४ हजार १६० इकाई, एनआईसी एशिया ब्यालेन्स फण्डको ७० हजार ७५० इकाई र सेञ्चुरीक कमर्सियल बैंकको ६४ हजार ९७ कित्ता शेयर खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ३ दशमलव १८ अंक घटेर २ हजार ७५ दशमलव ५२ विन्दुमा झरेको छ भने कुल रू. ८८ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।