चैत २७, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आठ ओटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृती दिएको छ ।
सेबोनले चैत २३ गते निफ्रा(नेपाल इन्फ्रास्ट्रक्चर बैंक) सहित आठ ओटा कम्पनीलाई संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृती दिएको हो ।
स्वीकृती पाएका अन्य कम्पनीमा सानिमा लार्ज क्याप फण्ड, टेलिभेन्चर पाटनर्स, नेपाल दूरसञ्चार कम्पनी,प्रभु सेलेक्ट फण्ड,अल्फा इन्भेष्टमेण्ट, स्काई टच इन्भेष्टमेण्ट एण्ड कन्सल्टेन्ट र महालक्ष्मी विकास बैंक रहेका छन् ।
ती कम्पनीलाई स्वीकृती दिएसँगै योग्य संस्थागत लगानीकर्ताको स्वीकृती पाउने कम्पनीको संख्या ९५ पुगेको छ ।
सेबोनले अनुमति दिएसँगै ती कम्पनीहरुले बुक बिल्डिङ विधिबाट निष्कासन हुने कुनै पनि कम्पनीको प्रथामिक शेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रुपमा शेयर किनबेच गर्न पाउने छन् ।
हेर्नुहोस सूचीसहित :