जेठ ४, काठमाडौं । बुधवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२४ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
प्रभु सेलेकट फण्ड,सनराइज फष्ट म्युचुअल फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्स फण्ड र नेपाल क्रेटिड एण्ड कमर्श बैंकको शेयरमा उच्च खरीद माग रहेको हो ।
यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेकट फण्डको ४ लाख १६ हजार ४७६ इकाई खरीद माग रहेको हो । त्यसैगरी सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख ५८ हजार ४८४ इकाई, ग्लोबल आइएमई समुन्नत स्किम १ को १ लाख ३२ हजार १ सय इकाई, एनआइसी एशिया ब्यालेन्स फण्डको १ लाख २८ हजार ६७५ इकाई र नेपाल क्रेडिट एण्ड कर्मश बैंकको ६८ हजार ८९६ इकाई खरीद माग रहेको हो ।
यो समचार तयार पार्दासम्म नेप्से परिसूचक शून्य दशमलव ४२ अंक बढेर २ हजार २६५ दशमलव ९४ विन्दुमा रहेको छ भने कुल रू. ७९ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।