गोठेमल र गौमूत्रको प्रयाेगले ४० वर्ष रानो बोटमा सुन्तला लटरम्मै

मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् । सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको प्रयोग गरी पुरानो सुन्तालको बोटलाई संरक्षण गर्न थालेका छन् । सुन्तलाको बोट वरीपरी वर्षमा दुई पटक गरी छ डोको मल , जरा, पात तथा हाँगामा गाईको पिसाब (गौमुत्र) राख्न थालेपछि ठुला अनि लटरम्मै दाना फल्ने गरेका छन् । गोठेमल र गौमुत्र सही प्रयोग गर्दा ४० वर्ष भन्दा पुरानो बोटबाट फल दिने गरेको पूर्व कृषि प्रसार अधिकृत समेत रहनु भएका रामबहादुर थापा बताउनुहुन्छ । पुरानोबोटलाई गाई, भैसीको मोल र गौमुत्र दिँदा पोटिलो अनि ठुलो दाना लागेकोले तन्देरी बोट जस्तै फल लागेका थापाले जानकारी दिनुभयो । ‘‘नयाँ बोट हुर्काउँदा लटरम्ब फल लाग्न १० वर्ष कुर्नुपर्छ सहीमात्रमा गोठेमल र गौमुत्रको प्रयोग गरियो भने ५० वर्ष भन्दा बढी समय आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेको छ’’ थापाले भन्नुभयो । १६ रोपनी जमिनमा अधिकांश ४० वर्ष पुरानो बोट रहेको र तिनैबोट वार्षिक १४ देखि १६ लाख रुपियाँ आम्दानी लिने गरेको थापाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

छोरीलाई पोर्सो बोकाउँदा पाप लाग्छ

खप्तडछान्ना गाउँपालिका–३, सिल्कावाडाकी किडीदेवी रोकाया घरको आँगनमा भएको गोठेमल (पोर्सो) छोरा, बुहारीसँगै आफू पनि बोक्नुहुन्छ । गोठेमल बढी भएको समयमा गाउँ तथा छिमेकी पुरुष र विवाहित महिला आलोपालो गरेर गोठेमल (पोर्सो) खेतबारीसम्म पु¥याउने चलन छ  ।

‘अर्गानिक’ घोगा भित्र्याउँदै किसान

यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ। जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।

रोगी माटोले उत्पादकत्व घट्दै

दशक अघिसम्म १२ मुरी धान फल्ने खेतमा पैयुं–७ की उमा बस्यालले यो वर्ष ७ मुरी मात्रै भित्र्याइन् । बर्सेनि रासायनिक मलको भर पर्दा उनको खेतको उत्पादकत्व बिस्तारै घट्दै गएको पत्तै भएन । गतसाता कृषि ज्ञानकेन्द्रले आयोजना गरेको शिविरमा माटो परिक्षण गर्न लगेपछि माटो रोगी भइसकेको बल्ल उनलाई जानकारी भयो । ‘पाँच हलको खेतमा पाँच बोरा नै चुन हाल्नुपर्ने कृषिका सर मेडमले सुझाव दिनुभयो,’ उमाले भनिन्, ‘गोठेमल हाल्न छोडेपछि माटोमा भित्रभित्रै रोग बल्झिसकेको रहेछ । हामीले पत्तै पाएनौं ।’

गोठेमल छोडेर रासायनिकतर्फ किसान

विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन् । पाँच–सात वर्षअघिसम्म अधिकांश किसानले मकै, गहुँ तथा अन्य तरकारी खेतीमा प्रयोग गर्न गोबर र पातपतिङ्गरबाट मल बनाउँदै आएका थिए । अहिले सबैजसो किसानले रासायनिक मलको प्रयोग बढाएको बगनासकाली–३, शिखरका किसान कमल चिदीले बताउनुभयो । “पहिले हरेक घरमा तीन÷चारवटा गाईबस्तु हुन्थ्यो, अहिले सबैजसोको घरमा पशुपालन नै हुँदैन,” उहाँले भन्नुभयो ।

केराखेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।      केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो ।       परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए । दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।      ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् । दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले १०० देखि ५०० केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केराखेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रिम कटुवालले बताए । रासस

रासायनिक मलको अभाव झेल्दै किसान

असार १६, सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला हुँदा समेत रासायनिक मल नपाउँदा समस्या भएको किसानहरुको भनाइ छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् । धान रोप्ने सिजनमा नै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका ६ का किसान हेर्मलाल बोहराले बताए । ‘किसानहरुको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करीब २०० बोरा मल खपत गर्नसक्छ, तर यहाँ मल छैन’ उनले भने ‘एक बोरा मल ४/५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता रहेको छ ।’ शारदा नगरपालिका ४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्र बहादुर बस्नेतले मल नपाउँदा किसानहरु निरास भएर फर्किनुपर्ने बाध्यता रहेको बताए । ‘अहिले युरिया मलको अत्याधिक माग आएको छ, तर हामीले आपूर्ती गर्न सकेका छैनौँ,  धान र मकैलाई अहिले नै मलको आवश्यक छ’ उनले भने ‘सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन ।’  पछिल्लो समय जिल्लाका किसानहरुले रासायनिक मलको अभाव झेल्दै आएका छन् । विगतमा प्रांगारिक स्याउले तथा गोठेमल प्रयोग गर्दै आएका किसानहरुको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ । रासायनिक मलको प्रयोग गरेको खेतबारीमा मल प्रयोग नगर्दा उत्पादन नुहने भएकाले पनि किसानलाई मल खरीद गर्न चुनौती बनेको छ ।  जिल्लाभर बर्खेसिजनमा मात्रै करीब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ती हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जानकारी दिएको छ । चालू आर्थिक वर्षको लागि सल्यानमा ६९ हजार ४०० बोरा मलको कोटा हो । तर यो बिचमा आधाभन्दा पनि कम मात्रै मल आपूर्ती भएको छ ।  कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रविनजंग शाहले यसवर्ष जिल्लामा १९ हजार ७३० बोरा युरिया र ८ हजार बोरा डिएपि मल आयात भएको बताए । माथिल्लो निकायमा जिल्लाको लागि आवश्यकताका आधारमा मल नपठाउँदा समस्या भएको उनको भनाइ छ । कर्पोरेसनमा ५० बोरा युरिया, १३० बोरा पोटास र ४९० बोरा डिएपि मौज्दाज रहेको छ ।  ‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, आथिल्लो निकायमा खबर गर्दा पठाउँछौ मात्र भन्छन्, सिजनमा नै किसानले मल नपाउँदा समस्या भएको छ, हामीले दैनिक जसो मलका लागि आउने किसानलाई खाली हात फर्काउदै आएका छौँ’ उनले भने । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । मल पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुमा देखिएको छ । मल अभावकै कारण उत्पादनमा पनि कमी आउने किसानहरुको भनाइ छ ।

अठार लाखको गोठेमल खरिद

खलङ्गा । जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए । उनले भने, ‘३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी […]

अभावमा ठिमाहा बीउ रोप्दै कृषक

मौसममा आएको फेरबदलसँगै गहुँबाली भित्र्याएका कृषक अहिले मकै रोप्न व्यस्त भएका छन् । कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषक अहिले मकै रोप्न व्यस्त भएका हुन् । आफ्नो खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने काम शुरु भइसकेको कुशे गाउँपालिका–६ का गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको त्रासले घर बाहिर नआउने हो भने पशुचौपाय भोकभोकै हुन्छन्, खेतबारी बाँझै हुन्छ ? लक डाउनको पालना गर्दै सबै काम गर्नुको विकल्प छैन ।”