रोगी माटोले उत्पादकत्व घट्दै

दशक अघिसम्म १२ मुरी धान फल्ने खेतमा पैयुं–७ की उमा बस्यालले यो वर्ष ७ मुरी मात्रै भित्र्याइन् । बर्सेनि रासायनिक मलको भर पर्दा उनको खेतको उत्पादकत्व बिस्तारै घट्दै गएको पत्तै भएन । गतसाता कृषि ज्ञानकेन्द्रले आयोजना गरेको शिविरमा माटो परिक्षण गर्न लगेपछि माटो रोगी भइसकेको बल्ल उनलाई जानकारी भयो । ‘पाँच हलको खेतमा पाँच बोरा नै चुन हाल्नुपर्ने कृषिका सर मेडमले सुझाव दिनुभयो,’ उमाले भनिन्, ‘गोठेमल हाल्न छोडेपछि माटोमा भित्रभित्रै रोग बल्झिसकेको रहेछ । हामीले पत्तै पाएनौं ।’