रासायनिक मलको अभाव झेल्दै किसान

असार १६, सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला हुँदा समेत रासायनिक मल नपाउँदा समस्या भएको किसानहरुको भनाइ छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् । धान रोप्ने सिजनमा नै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका ६ का किसान हेर्मलाल बोहराले बताए । ‘किसानहरुको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करीब २०० बोरा मल खपत गर्नसक्छ, तर यहाँ मल छैन’ उनले भने ‘एक बोरा मल ४/५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता रहेको छ ।’ शारदा नगरपालिका ४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्र बहादुर बस्नेतले मल नपाउँदा किसानहरु निरास भएर फर्किनुपर्ने बाध्यता रहेको बताए । ‘अहिले युरिया मलको अत्याधिक माग आएको छ, तर हामीले आपूर्ती गर्न सकेका छैनौँ,  धान र मकैलाई अहिले नै मलको आवश्यक छ’ उनले भने ‘सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन ।’  पछिल्लो समय जिल्लाका किसानहरुले रासायनिक मलको अभाव झेल्दै आएका छन् । विगतमा प्रांगारिक स्याउले तथा गोठेमल प्रयोग गर्दै आएका किसानहरुको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ । रासायनिक मलको प्रयोग गरेको खेतबारीमा मल प्रयोग नगर्दा उत्पादन नुहने भएकाले पनि किसानलाई मल खरीद गर्न चुनौती बनेको छ ।  जिल्लाभर बर्खेसिजनमा मात्रै करीब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ती हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जानकारी दिएको छ । चालू आर्थिक वर्षको लागि सल्यानमा ६९ हजार ४०० बोरा मलको कोटा हो । तर यो बिचमा आधाभन्दा पनि कम मात्रै मल आपूर्ती भएको छ ।  कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रविनजंग शाहले यसवर्ष जिल्लामा १९ हजार ७३० बोरा युरिया र ८ हजार बोरा डिएपि मल आयात भएको बताए । माथिल्लो निकायमा जिल्लाको लागि आवश्यकताका आधारमा मल नपठाउँदा समस्या भएको उनको भनाइ छ । कर्पोरेसनमा ५० बोरा युरिया, १३० बोरा पोटास र ४९० बोरा डिएपि मौज्दाज रहेको छ ।  ‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, आथिल्लो निकायमा खबर गर्दा पठाउँछौ मात्र भन्छन्, सिजनमा नै किसानले मल नपाउँदा समस्या भएको छ, हामीले दैनिक जसो मलका लागि आउने किसानलाई खाली हात फर्काउदै आएका छौँ’ उनले भने । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । मल पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुमा देखिएको छ । मल अभावकै कारण उत्पादनमा पनि कमी आउने किसानहरुको भनाइ छ । 

सम्बन्धित सामग्री

यस वर्ष रासायनिक मलको अभाव हुँदैन : कृषि सचिव शर्मा

काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने दावी गरेका छन्।बिहीबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो दावी गरेका हुन्। उनले कृषकको लागि आवश्यक मल खरिदका लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेको बताए। उनले रासायनिक मल खरिदको लागि अर्को वर्षमा दायित्व सिर्जना हुनेगरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोडसमेत गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागिएको बताए। उनले यो वर

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव

विराटनगर– तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था […]

रासायनिक मलको अभाव ज्युँका त्यूँ

काठमाडौं । गत असारमा धान लाउने बेलामा रासायनिक मल नपाएर हैरान भएका किसान अहिले हिउँदे बाली लगाउने बेलासम्मा पनि रासायनिक मलको अभाव भएकाले चिन्तित छन् । बर्सेनि मलको अभाव हुने गरे तापनि सरकारले यसको स्थायी निकास निकाल्न सकेको छैन । कृषिप्रधान देशमा रासायनिक मलको अभावको एजेन्डा अहिलेको चुनावमा राजनीतिक दलले पारेको पनि छैन । किसान […] The post रासायनिक मलको अभाव ज्युँका त्यूँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

२२ भदौ, लेखनाथ। धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ – धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट […]

रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग

प्रतिनिधिसभाका सांसदहरूले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताएपनि अब […]

रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग

प्रतिनिधिसभाका सांसदहरूले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताए पनि अब मल ल्याउनका लागि ढिलो भइसकेको बताए । उनले बालीका लागि मलको आवश्यक प्रबन्ध मिलाउनु सरकारको दायित्व भएकोले आफ

सल्यानमा रासायनिक मलको अभाव, किसान चिन्तित

सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । […]

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]