राजधानी काठमाडौंको 'लाइफलाइन' मानिने मुग्लिङ-नारायणगढ सडक खण्डको कालिखोलामा असार ९ गते पहिरोले बाटो रोकियो। प्रहरी टोली पहिरो पन्छाउन त पुग्यो, तर उनीहरुलाई नै पहिरोले सडकबाट पन्छाइदियो। चार जना प्रहरी भ्यानसहित त्रिशूलीमा खसे। तीन जनाको शव फेला पर्यो। एक जना अझै हराइरहेका छन्। त्यसयता यहाँ पहिरो आउने क्रम जारी छ, जसले बारम्बार सडक अवरुद्ध भइरहन्छ। लामो…