पहिरो खसेर मुग्लिङ नारायणगढ सडक दुईतर्फी अवरुद्ध

काठमाडौं : पहिरो खेसको कारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ। आज बिहान सवा ८ बजे चितवन भरतपुर महानगरपालिका २९ मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलो भन्ने स्थानमा अविरल वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जानकारी दिएको छ। पहिरो पन्छाउन प्रहरीले र सडक विभागको…

सम्बन्धित सामग्री

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन […]

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज साँझ ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि…

घोप्टेभिरमा पहिरो :  पृथ्वीराजमार्ग अवरुद्ध

वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।   चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।    अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, ६ असोज । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय […]

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुर

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।गएराति करिब १२ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर बाटो खुल्न तीनदेखि चार घण्टासम्म लाग्‍न सक्‍ने प्रहरीको अनुमान छ।

पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० : ०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।“सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।”

पहिरो कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौं। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ फुतवाङस्थित गोरुसिंगे–सन्धिखर्क सडकमा मंगलबारराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भगेरी भन्ने ठाउँमा पहिरो झरी रिडी तम्घास सडक अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–६ देउरालीस्थित हेटौंडा भिमफेदी कुलेखानी सडक–खण्डमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका स्थानमा सडक खुलाउन स्थानीय प्रहरी लागिपरेका छन्।