मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुल्यो

काठमाण्डाै - लगातारको वर्षाका कारण बन्द मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ । तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैबीच तनहुँको भानु नगरपालिका एक रमाइलो डाँडामा पहिरो खसेपछि लमजुङ-बेसीसहर सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ ।