मुग्लिङ-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण, अत्यावश्यक काम नपरि यात्रा नगर्न प्रहरीको अनुरोध

काठमाण्डाै - लगातार परेको वर्षाका कारण मुग्लिङ-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बनेको छ । राति यो सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो हटाएर अहिले सडक खुलाए पनि पानी परिरहेकाले पहिरोको जोखिम उत्तिकै रहेको प्रहरीले जनाएको छ ।  सडकमाथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएको र पहिरो पनि झरिरहेकाले अत्यावश्यक काम नपरि यो सडक खण्डमा यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको अनुरोध छ । ‘सडकमाथिबाट ढुङ्गा खसिरहेकाले यात्रु घाइते हुने जोखिम बढेको छ, पहिरो र असुरक्षा दुवैका कार...

सम्बन्धित सामग्री

मुग्लिङ-नारायणगढ सडक पुन: सञ्चालन

चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायणगढ सडक पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी, दासढुङ्गा र सत्रकिलोमा झरेके पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू भएको र केही समयमा नै दुइतर्फी सञ्चालन हुनेछ । साथै  अन्य सबै ठाँउमा दुइतर्फी रुपमा सडक सुचारू भएको र सवारी चापका कारण दुवै तर्फ सवारीसाधनहरु क्युमा चलिरहेकाले ओभरटेक नगरी सडकमा सम्भावित जोखिम समेतलाई ख्याल गरी सुरक्षित रुपमा यात्रा गर्नु प्रहरीले अनुरोध गरेको छ ।