काठमाडौँ- युक्रेनी सेनाले रुसी कब्जामा रहेका भूभागलाई मुक्त गर्न प्रत्याक्रमणलाई जारी राखेको छ । प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले ठूलो भूभाग रुसी फौजको कब्जाबाट मुक्त गरेको बताइएको छ । हालै युक्रेनी सेनाको कारवाहीपछि रुसी फौज इजियम-खारकिभ मोर्चाबाट पछि हटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हाल इजियम सहर युक्रेनी सेनाको कब्जामा गएको बताइएको छ । […]