स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता, आफूले भगाएको युक्रेनको दाबी

यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन् ।

सम्बन्धित सामग्री

युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

रुस–युक्रेन युद्धमा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको युक्रेनको स्नेक आइल्यान्डबाट रुसी सेना पछाडि हटेको छ । युक्रेनले आफ्नो आक्रमणका कारण रुसी सेना पछाडि हटेको दाबी गरेको छ । तर रुसले संयुक्त राष्ट्र सङ्घलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न त्यहाँबाट हटेको बताएको छ । स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । युक्रेनको सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले युक्रेनी भू–भागको रक्षा गर्न सघाउने सबैलाई धन्यवाद दिएका बीबीसीले उल्लेख गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो क...