हिमालयन र बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्तासम्बन्धमा चीनमा मुद्दा जितेका छन् । मुद्दा जितेसँगै बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आउने भएको छ ।