बिहीवारदेखि १ अर्ब बराबरको इकाई विक्री गर्दै हिमालयन क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोलि (बिहीवार)देखि हिमालयन ८०–२० को इकाई जारी गर्ने भएको छ । योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।  योजना सञ्चालनका लागि विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस इकाई छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।  विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ ।  योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गर्नेछ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री

नेपाल वेयरहाउजिङ्गको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारीलगायत कार्यहरू हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंबाट हुनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार शुरू

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडले गत शुक्रवारबाट एकीकृत कारोबार शुरू गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोलाबहादुर विष्टले संयुक्त रूपमा उद्घाटन गर्दै एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ मा एकीकृत कारोबार सञ्चालनको अनुमति पाएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा नवीनतम सेवा प्रवाह गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्मिश्रणबाट सकारात्मक प्रभाव सृजना भई ग्राहकलाई प्रदान गरिने सेवा तथा सुविधा अझ सबल र सुदृढ भई नेपाली पूँजी बजारको विकासमा टेवा पुग्ने बताए ।

हिमालयन क्यापिटल र सिभिल क्यापिटलले भोलिदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गरी मङ्सिर १५ गते (भोलि)देखि एकीकृत कारोबार गर्ने भएको छ । हिमालय बैंक र सिभिल बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रूपमा रहेका क्यापिटलहरू पनि एक हुन लागेका हुन् । प्राप्तिसम्बन्धी प्रस्ताव दुवै कम्पनीहरूले भदौ २७ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर १२ गते प्राप्तिसम्बन्धी स्वीकृति प्रदान गरेसँगै यी कम्पनीहरूले एकीकृत कारोबार गर्न लागेका हुन् । हिमालयन क्यापिटल लिमिटेडले कारोबार सञ्चालनका लागि २०७६ साउन २६ गते र सिभिल क्यापिटल लिमिटेडले २०६५ चैत ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो ।

थ्रीस्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । अब कम्पनीको शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरू हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सिटिजन्स बैंकको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ‘१० प्रतिशत सिटिजन बैंक ऋणपत्र २०८०’ जारी गर्न बैंकले हिमालयन क्यापिटललाई बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौतापत्रमा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर […]

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडले ठमेललाई नियुक्त गरेको छ । अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज गर्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलबाट हुनेछन् । कम्पनीले चैत १ गते देखि लागू हुने गरी हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको हो । साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू शेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत १ गते देखि ७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीको बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ ।कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नलागेको हो । यसका लागि हिमालयन क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ ।उक्त कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित […]

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन […]

हिमालयन क्यापिटलको नयाँ योजना

हिमालयन क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा विशिष्टकृत लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ।...