साउन ३२ गतेदेखि म्यचुअल फण्डको इकाई जारी गर्दै हिमालयन क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि हिमालयन ८०–२० को इकाई जारी गर्ने भएको छ । योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । योजना सञ्चालनका लागि विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस इकाई विक्री अवधि छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ । विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गर्नेछ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला  

सम्बन्धित सामग्री

प्राप्ति प्रस्ताव पारितका लागि हिमालयन र सिभिल क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा बोलाएका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते र सिभिल क्यापिटलको भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । हिमालयन क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ भने सिभिल क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय सिटिसी मल, सुन्धारा, काठमाडौंमा साेही दिन सोही समयमा सभा गर्ने निर्णय गरेको हो । दुवै कम्पनीले प्राप्तिसम्बन्धि प्रस्तावलाई सभामार्फत पारित गर्नेछन् । सिभिल क्यापिटल लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रूपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन् । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन् । विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइनेछ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने निर्णय पनि दुवै कम्पनीले सभामार्फत गर्नेछन् ।  सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्तावसमेत हिमालयन क्यापिटल लिमिटेडको सभामा पारित गरिने बताइएको छ ।

बिहीवारदेखि १ अर्ब बराबरको इकाई विक्री गर्दै हिमालयन क्यापिटल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोलि (बिहीवार)देखि हिमालयन ८०–२० को इकाई जारी गर्ने भएको छ । योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।  योजना सञ्चालनका लागि विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस इकाई छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।  विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ ।  योजना व्यवस्थापकसँगै हिमालयन क्यापिटलले योजनाको इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गर्नेछ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

हिमालयन क्यापिटलले लियो फुडमाण्डूमा रहेको टिम भेन्चर्सको शेयर

काठमाडौं । टिम भेन्चर्सले फुडमाण्डूको शेयर हिमालयन क्यापिटललाई बेचेको छ । उसले आफूले लगानी गरेको रकमको २ गुणा बढीमा आफ्नो हिस्सा छाडेको सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।  टिम भेन्चर्सले फुडमाण्डूमा सन् २०२० मा लगानी गरेको थियो । तर, त्यतिबेला कति रकम लगानी गरिएको थियो भन्नेबारे केही खुलाइएको छैन । फुडमाण्डूमै सन् २०२३ मा डोल्मा इम्प्याक्ट फन्डको तर्फबाट थप ४० लाख अमेरिकी डलर लगानी गरिएको छ । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घरजग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी क्षेत्रमा लगानी गर्ने कम्पनी हो ।  फुडमाण्डू सन् २०१० मा स्थापना भएको खाद्य वितरण कम्पनी हो । उसले विभिन्न होटल तथा रेष्टुरेन्टसँगको साझेदारीमा उपभोक्तालाई खानेकुरा घरघरमा पु¥याउने सेवा दिइरहेको छ । हिमालयन क्यापिटल लिमिटेड हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।...

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र–२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सिटिजन्स बैंकको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ‘१० प्रतिशत सिटिजन बैंक ऋणपत्र २०८०’ जारी गर्न बैंकले हिमालयन क्यापिटललाई बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौतापत्रमा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर […]

नेपाल वेयर हाउजिङ कम्पनीको बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ ।कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नलागेको हो । यसका लागि हिमालयन क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ ।उक्त कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित […]

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न

काठमाडौँ– हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ। सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी […]

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

१ साउन, काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासको प्रक्रिया अगाडि बढाउँदै बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता …