बीओके र हिमालयनको डेढ अर्ब फिर्ता हुने

लामो समयदेखि कानुनी दाउपेचमा अड्केको बैंक अफ काठमान्डू र हिमालयन बैंकको १ अर्ब ५१ करोड बराबरको धरौटी रकम फिर्ता पाउने बाटो खुलेको छ । चिनियाँ अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमान्डू र हिमालयन बैंकलाई तिर्न आदेश गरेसँगै दुवै बैंकले उक्त रकम पाउने बाटो खुलेको हो ।

सम्बन्धित सामग्री

हिमालयन तथा बीओकेले पाए मेलम्चीको ग्यारेन्टी बापतको रकम फिर्ता

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले एक दशकपछि चीनमा जितेको मुद्दाको सम्पूर्ण रकम मंगलबार फिर्ता पाएका छन् ।लामो समयदेखि बैंक जमानतको रकम अड्किँदा दुवै बैंकले चीनमा मुुद्दा लडिरहेका थिए । तर, १५ साउनमा मुद्दा जितेको २० दिनपछि दुवै बैंकले पैसा फिर्ता पाएका हुन् ।बैंक अफ काठमाण्डूले अमेरिकी डलर ६६ लाख २५ हजार १० […]

बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता

काठमाडौँ-  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बस्दा फसेको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टी बापतको रकममा बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ आज फिर्ता पाएका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले खबरहबलाई जानकारी दिए । आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका लागि मेलम्ची […]

बैंक अफ काठमाण्डूले पायो चाइना कन्स्ट्रक्सन बैंकबाट ६६ लाख २५ हजार डलर फिर्ता

मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ । मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने शिलशिलामा बैंकले आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई प्रदान गर्नेगरी बीओकेले चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी दिएको थियो । तर, आयोजनाको काम ठेकेदार कम्पनी

बीओके र हिमालयन बैंकले चीनबाट फिर्ता पाए १ अर्ब ८७ करोड

बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएका छन् । चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको हो ।

बीओके र हिमालयन बैंकले चीनबाट फिर्ता पाए १ अर्ब ८७ करोड

बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता पाएका छन् । चीनमा यी दुई बैंकको पक्षमा मुद्दाको फैसला भएसँगै १० वर्षपछि बीओकेको करिब १ अर्ब ३ करोड (६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो) तथा हिमालयनको करिब ८४ करोड रुपैयाँ (६६ लाख अमेरिकी डलर) काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आएको हो ।

हिमालयन र बिओकेले चीनमा मुद्दा जितेपछि डेढ अर्ब रुपैयाँ फिर्ता पाए

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् । यी २ बैंकले एक दशक लामो प्रयासपछि पैसा फिर्ता पाएका छन्। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो । यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।

नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बीओके)ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् । लामो कानुनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । “सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,” […]

बीओकेमा नगद फिर्ता योजना

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आउँदै गरेका कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तिज पर्व अवसरलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुडमार्फत खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।ग्राहकले योजनामा सहभागी हुन अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कम (अनलाइन) कारोबार गर्नुपर्नेछ । नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेका पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा रकम जम्मा गरिदिनेछ ।