काठमाडौं (अस) । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।
बैंकले प्रदेश १ उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश १ कै सुनसरीको दुहबी नगरपालिका–जुटमिल चोकमा र सुदूरपश्चिम प्रदेश कैलालीको भजनी नगरपालिका–४ खैलाडमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमनकुमार साह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुनेछन ।