काठमाडौँ। सनराइज बैंक लिमिटेडले कञ्चनपुर र डडेल्धुरामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ स्थित कलुवापुरमा र डडेल्धुराको अजयमेरु गाउँपालिका– ५ स्थित देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।