काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर र डडेल्धुरामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ स्थित कलुवापुरमा र डडेल्धुराको अजयमेरु गाउँपालिका-५ स्थित देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको जनाएको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदीव्यपुरका नरेश […]