२८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई बुधबार लगनखेलमा ‘मच्छिन्द्रनाथकी आमा’को मन्दिर परिक्रमा गराइएको छ । रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिर दुई पटक परिक्रमा गराइएको हो । परिक्रमापछि मच्छिन्द्रनाथको रथलाई त्यहीँ नजिकै राखिएको छ । बिहीबार मच्छिन्द्रनाथको नरिबल खसाल्ने जात्रा हुनेछ । जात्रामा रथको टुप्पोबाट नरिवल खसाल्ने गरिन्छ । हेर्नुस् तस्वीरहरु :