नेपाल–भारत व्यापार र पारवहन सन्धि संशोधनको तयारी - Naya Patrika

सन्धि संशोधनमा दुवै मुलुक सहमत, तीन महिनाभित्र प्राविधिक तयारी सक्ने लक्ष्य नेपाल र भारतबीचको व्यापार तथा पारवहन सन्धि संशोधन गर्न दुवै मुलुक सहमत भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न नेपाल–भारत...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

व्यापार सहजीकरणका गर्न ७ बुँदे सुझाव

उद्योग संगठन मोरङले प्रधानमन्त्रीको भारत भ्रमणमा महत्वपूर्ण ७ विषयहरु छुटाउन नहुने बताएको छ । संघले खुला सिमानालाई नियमन गर्नु पर्ने, कृषिजन्य उत्पादनका सम्बन्धमा ट्रान्जिट ट्रिटीको सिंगल कन्सोलिडेटेड डकुमेन्ट सम्झौता गरी कार्यान्वयमा ल्याउनु पर्ने, जुटको निकासीमा भएको अवरोध हटाउनु पर्ने तथा भन्सार बिन्दुमा ल्याब परीक्षण लगायतका विषयहरु समेटेको छ । नेपाल भारत व्यापार सहजीकरणका लागि संगठनले […]

नेपाल–भारत व्यापार सन्धि परिमार्जन गर्नुपर्नेमा विज्ञहरूको जोड

काठमाडौं । नेपाल–भारत व्यापार मामिलाका विज्ञ एवं सरोकारवालाहरूले दुईदेशीय व्यापार सन्धि समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । सन्धि नवीकरण गर्नुपर्ने समय नजिकिँदै जाँदा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभायरोन्मेन्ट (सावती)ले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । नेपाल–भारतबीच ठूलो परिमाणमा व्यापार हुने गरेको भए पनि नेपालको व्यापार घाटा बढ्दै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भन्सार छूटमा व्यापार हुने वस्तुको सूची पुनरवलोकन गर्नुपर्ने खाँचो औंल्याए । भारतमा उत्पादित कृषिवस्तुलाई दिइएको भन्सार छूटको कारण नेपालका कृषि उत्पादनले बजार पाउन नसकेको भन्दै विज्ञहरूले सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा सहभागी व्यवसायीले आफूहरूले भारतमा विभिन्नखाले कठिनाइको सामना गर्नुपरेको बताएका छन् । यस्ता समस्याको समाधान हुनुपर्ने माग उनीहरूको छ । सरकारी अधिकारीले बदलिँदो परिस्थिति अनुकूल सन्धि परिमार्जनको लागि गृहकार्य भइरहेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा उठेका विषयको गहन अध्ययन गरेर आवश्यकताअनुसार नवीकरण प्रक्रियामा समावेश गर्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा अन्तरराष्ट्रिय व्यापारविद् डा. पोषराज पाण्डे, नेपाल–भारत चेम्बर अफ कमर्शकी अध्यक्ष सृजना राणा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी लगायतको उपस्थिति थियो ।

नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनका मुद्दा

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो । नेपालले सबैभन्दा बढी भारतबाटै आयात गर्छ भने सबैभन्दा धेरै निर्यात पनि भारतमै गर्छ । नेपालले गर्ने कुल व्यापारको करिब ६३ प्रतिशत हिस्सा...

नेपाल–भारत व्यापार : १२ खर्ब आयात, डेढ खर्बको निर्यात

नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भ

नेपाल भारतीय लगानी बढाउन आग्रह

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै नेपालमा भारतीय लगानी भित्र्याउन आग्रह गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले संघले गरेका विभिन्न गतिविधिलगायत आगामी दिनमा गर्ने कार्यहरु तथा नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका विभिन्न पक्षहरुको बारेमा छलफल भएको छ ।भेटमा अध्यक्ष राणाले नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको […]

नेपाली चिया निकासीमा अवरोध

झापा-नेपाली चियाको तेस्रो मुुलुक निकासीमा भारतले पटकपटक अवरोध खडा गर्ने गरेको गुनासो निर्यातकर्ताहरूले गरेका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार झापामा आयोजना गरेको ‘नेपाली चिया उत्पादन, प्रवद्र्धन र निकासीका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली निर्यातकर्ताहरूले भारतीय भन्सार प्रशासनले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको बताएका हुन् ।विश्व व्यापार संगठन, नेपाल भारत व्यापार […]

नेपाल–भारत व्यापार सहजीकरणको विषयमा छलफल

विराटनगर । मोरङ व्यापार संघले पटना, भारतका कस्टम्स कमिशनर पीके कट्यारसहित जोगबनी आएका भारतका भन्सार अधिकारीहरूसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिशनरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सिसिएफसी)को सदस्यको रूपमा रहेको मोरङ व्यापार संघले सोमवार आइसिपी, जोगबनीमा आयोजित सिसिएफसी बैठकमा भाग लिँदै कमिशनर कट्यारसमक्ष संघको तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संघको टोली बैठकमा सहभागी भई कमिशनर कट्यारलाई मोरङ–सुनसरी आर्थिक कोरिडरलाई भारतले विशेष सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ । नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय वस्तु समेटेर संघले सुझाव प्रस्तुत गरेको छ । संघले प्रस्तुत गरेको उक्त सुझावमा विशेषगरी जोगबनी र विराटनगरका आइसिपीहरूमा निर्मित रेल्वे यार्ड तत्कालै सञ्चालनमा ल्याइनुपर्ने, रेलेवे ट्र्याकमार्फत नेपालका लागि जोगबनी स्टेशन आउने मालवस्तु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँचपास गराउने व्यवस्था गरिनुपर्ने लगायत माग छन् । त्यसैगरी बमोजिम बथनाहमा निर्माणाधीन मिरगञ्ज पुलको वैकल्पिक पुलको निर्माण तत्कालै सम्पन्न गरी शीघ्ररूपमा सञ्चालनमा ल्याउनुपर्ने, भन्सार जाँचपासका पूर्वाधार थपेर व्यवस्थित गरिनुपर्ने, नेपाली कृषि उपजको निर्यातमा सहजीकरण हुनेगरी पूर्वाधार निर्माण गरिनुपर्ने विषय उल्लेख गरिएको छ । साथै भारतको दालखोलास्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारीसाधनका लागि फ्लाईओभर निर्माण गर्नुपर्ने, जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनुपर्ने, जोगबनी स्टेशनको सौन्दर्य बढाउँदै भारतका विभिन्न शहर पुग्ने रेल थप गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरिएको छ ।

नेपाल–भारत अन्तरसरकारी बैठक नियमित कि अनियमित

नेपाल–भारत व्यापार सन्धि आफैमा सहुलियतपूर्ण छ । तर, व्यवहारमा कठिनाइपूर्ण छ । सन् १९९१ को नेपाल–भारत व्यापार सन्धि जनवरी ६, २००६ मा नवीकरण भइसकेपछि पनि २००९ मा नयाँ आई कैयन् पटक संशोधन भई कार्यान्वयनमा छ । उक्त व्यापार सन्धिमा सात वर्षमा कार्य प्रक्रियाको पुनरावलोकन गर्ने भन्ने उल्लेख छ । सो सन्धिमा सात वर्षको मात्र मान्य […]

उद्योगी राणाको निधन

नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा व्यवसायी सौर्य राणाको आइतबार बिहान निधन भएको छ ।तारा म्यानेजमेन्टका अध्यक्षसमेत रहेका राणा थोरै बोल्ने तर नेपाल–भारत व्यापार सुधारमा तर्कसहित कुरा राख्न सक्ने व्यवसायी भएको उनीसंग लामो समय काम गरेकाहरु बताउँछन् । केही दिनअघि मेडिसिटी अस्पतालमा मुटुको अप्रेसन गराएका राणाको आइतबार बिहान निधन भएको हो । आइतबार नै उनको […]

नेपाल–भारत व्यापार सन्धिः पुनर्विचार गर्ने कि पुनर्लेखन ?

काठमाडौं । नेपाल–भारत व्यापार सन्धि पुनरावलोकनसम्बन्धी दोस्रो बैठक आज (बिहीबार) देखि सुरु भएको छ । गत साउनमा