नेपाली चिया निकासीमा अवरोध

झापा-नेपाली चियाको तेस्रो मुुलुक निकासीमा भारतले पटकपटक अवरोध खडा गर्ने गरेको गुनासो निर्यातकर्ताहरूले गरेका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार झापामा आयोजना गरेको ‘नेपाली चिया उत्पादन, प्रवद्र्धन र निकासीका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली निर्यातकर्ताहरूले भारतीय भन्सार प्रशासनले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको बताएका हुन् ।विश्व व्यापार संगठन, नेपाल भारत व्यापार […]

सम्बन्धित सामग्री

३८ करोडले घट्यो चिया निकासी

विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ ।  गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा यो वर्षको सोही अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ कमको चिया निकासी भएको छ । निकासी परिमाण २८ लाख ८३ हजार १८२ किलोले घटेको छ । चालू आवको पहिलो ५ महीनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निकासी भएको छ ।  निकासी घटेको तथ्यांक र भारतीय व्यापारीले किन्न चासो नदेखाएपछि किसान र व्यवसायीलाई यसपालि चिया गोदाममै थन्किने हो कि भन्ने भयले सताउन थालेको छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा शुरू वर्षको तुलनामा दोस्रो वर्ष निकासी घटेको र तेस्रो वर्ष बढेको देखिन्छ ।  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपालबाट भारतलगायत विश्वका २२ देशमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थाेडक्स भारत र तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।  चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने शर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । उनी भन्छन्, ‘यो वर्ष चिया निकासी घटेको छ । जुन गतिमा चिया भारतीय बजारमा जानुपर्ने हो त्यो नहुँदा किसान र व्यवसायी तयार भएको चिया गोदाममा थन्क्याउन बाध्य छन् ।’  भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ ।  झापाका किसान पर्वत डाँगी अहिले घरघरमा चिया स्टक रहेको बताउँछन् । बढ्दो उत्पादन लागत र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउँदा नेपाली चिया जहिले पनि भारतीय व्यापारीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किसान र व्यवसायीका अनुसार नेपाली सीटीसी चियाको उत्पादन लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैयाँ किलोमा माग्छन् । यसले गर्दा यसपालि चिया विक्री गर्न नसकिएको उनीहरूले बताए । झापा हल्दिबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहको २५० बिगाहामा चिया बगान छ । उनीहरूले वार्षिक ६ लाख किलोसम्म चिया विक्री गर्छन् ।  नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीटीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनेपछि अन्य चियामा मिसाउने गरेकाले भारतीय टी बोर्ड नेपाली चियाप्रति सकारात्मक बन्न नसकेको हो । चियाको गुणस्तरमा नेपाली किसान र व्यवसायीले ध्यान दिए चीनमा पनि निकासी गर्न सकिने उनले बताए । चापागाईंका अनुसार प्रदेश १ को २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया मेची भन्सार नाकाबाट निकासी हुन्छ ।  भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निकासी भएको छ । आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको १ लाख ६५ हजार ९४९ मेट्रिक टन चिया निकासी भएको तथ्यांक छ ।

सुल्झियो नेपाली चियामा लगाइएको भारतीय अवरोध

वीरगञ्ज/विराटनगर । नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ । नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्फ गइरहेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले जानकारी दिए । भारतको वाणिज्य विभागले गत ३ नोभेम्बरमा मातहतका निकायलाई पत्र लेखेर नेपालबाट आउने चियाको गुणस्तरमा प्रश्न उठाएको थियो । विभागले गुणस्तर जाँचलगायत प्रक्रिया पूरा गरेरमात्रै आयात गर्न दिने निर्देशन दिएपछि चिया बोकेका ट्रक नाकामा अड्किएका थिए । नेपालबाट निकासी भएको चियालाई भारतका व्यवसायीले ‘दार्जिलिङ चिया’को ब्रान्डमा भारतीय र विदेशी बजारमा विक्री गर्दै आएका छन् । पछिल्लो समयमा भारतमा चिया उत्पादन बढेपछि गुणस्तरको नाममा अवरोध गरेको नेपाली चिया उत्पादकको दाबी छ । भारतीय पक्षले दार्जिलिड चियाको गुणस्तर खस्किएको भन्दै नेपालबाट आयात हुने चियाको गुणस्तरण परीक्षण गरेरमात्रै भित्र्याउन निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासमार्फत चिया निकासीमा सहजीकरणका लागि पहल गरेको थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमा यसबारेमा पहल गरेको र भारतीय पक्ष चिया आयात गर्न दिन सहमत भएपछि तत्कालका लागि समस्या सुल्झिएको अधिकारीहरूको भनाइ छ । तत्कालका लागि समस्याले निकास पाए पनि भारतले बेलाबेलामा नेपाली चियामा गैरभन्सार अवरोध गर्दै आएको गुनासो नेपाली उत्पादकको छ । आफ्नो बजारमा उत्पादन बढेपछि भारतले गुणस्तर र सम्बद्ध प्रक्रियाको बहानामा बखेडा झिक्ने नेपाली उत्पादक बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँबराबरको चिया निकासी भएको छ । त्योमध्ये ८० प्रतिशत भारततर्पm निकासी भएको भन्सारको तथ्यांक छ ।

नेपाली चियामा भारतको बक्रदृष्टि, निर्यात प्रभावित हुने संकेत

काठमाडौँ– यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणल…

नेपाली चियामा भारतको बक्रदृष्टि, निर्यात प्रभावित हुने संकेत

काठमाडौँ- यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान…

नेपाली चियामा भारतको बक्रदृष्टि, निर्यात प्रभावित हुने संकेत

काठमाडौँ- यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान…

चियाले कोरोना भाइरसविरुद्ध काम गर्ने, नौ महिनामै तीन अर्बको चिया

चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण गत आर्थिक वर्षमा कम निकासी भएको चिया चालू आर्थिक वर्षमा निकासी केही सहज भएकाले निकासी दर पनि बढेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा