काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।