काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सधैँ त्रिभुवन विश्वविद्यालयमा ताला लगाएर समस्या समाधान नहुने बताएका छन्। मंगलबार आव २०७९।८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले ताला लगाएर पठनपाठनमा असर नपुर्याउन आग्रह गरे।ताला लगाउने संस्कार अन्त्य गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘त्रिविको ताला र मागको विषयमा आधा दर्जन पटक आफैँ वार्ता गरेको छु,अहिले ताला खुलेको छ, ताला लगाएर माग नगर्न अनुरोध गर्छ, बरु टेबलमा आएर छलफल गरौँ।’त्यस्तै मन्त्रालयले आपत्ति ज