गण्डकीका शिक्षामन्त्री श्रेष्ठको आग्रह : मेरा बुबा-आमाको नाममा छुट्याइएको बजेट हटाइदिनु

२६ असार, काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो । मन्त्री श्रेष्ठले आज सामाजिक सन्जालमा […]

सम्बन्धित सामग्री

छलफलबाटै त्रिविका समस्या समाधान गरौँ : शिक्षामन्त्री पौडेल

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सधैँ त्रिभुवन विश्वविद्यालयमा ताला लगाएर समस्या समाधान नहुने बताएका छन्। मंगलबार आव २०७९।८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले ताला लगाएर पठनपाठनमा असर नपुर्‍याउन आग्रह गरे।ताला लगाउने संस्कार अन्त्य गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘त्रिविको ताला र मागको विषयमा आधा दर्जन पटक आफैँ वार्ता गरेको छु,अहिले ताला खुलेको छ, ताला लगाएर माग नगर्न अनुरोध गर्छ, बरु टेबलमा आएर छलफल गरौँ।’त्यस्तै मन्त्रालयले आपत्ति ज

बजेटबारे अर्थ मन्त्रालयद्वारा शिक्षा र स्वास्थ्य मन्त्रालयसँग छलफल

वैशाख ११, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका लागि आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेको छ । अर्थ मन्त्रालयले दुबै मन्त्रालयसँग आगामी आर्थिक वर्षका लागि बिनियोजित बजेटको सिलिङ र त्यसभित्र राखिएका कार्यक्रमबारे छलफल गरेको हो । शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्तिलाई रोक्नेगरी कार्यक्रम बनाउनुपर्ने बताए । कक्षा ‘१ कक्षामा भर्ना भएका विद्यार्थी ५ कक्षा नपुग्दा धेरैले पढाइ छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा झन् कम हुँदै गएको देखिन्छ’, उनले भने, ‘विद्यालयमा भर्ना भएर पढाइ छाड्नुको कारण के हो रु यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाइ नछाड्ने वातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।’ उनले पढाइ र सिकाइलाई समयको बदलावसँगै परिवर्तन गर्न डिजिटल प्रविधितर्फ जानुपर्ने पनि बताए । आगामी बजेटबाटै केही विद्यालयमा डिजिटल प्रविधिको पढाइ सुरु गर्नेगरी कार्यक्रम राख्न उनले निर्देशन दिए । आइटी कलेज स्थापना जरुरी भएको भन्दै उनले त्यसमा पनि बजेट राख्नुपर्ने बताए । ‘धेरै कार्यक्रममा निरन्तर बजेट हालिएको छ तर प्रतिफल आउन सकेको छैन । त्यसैले प्रतिफलयोग्य कार्यक्रम बनाई बजेट बनाउनतर्फ अग्रसर हुनुपर्छ’ उनले भने । बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताए । उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पुर्‍याउनुपर्ने धारणा राखे ।   त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दूरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला विदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।त्यस्तै अर्थ सचिव मधुकुमार मरासिनीले मन्त्रालयहरुको बजेट थपघट हुनु स्वभाविक भएको भन्दै शिक्षाको बजेट आफैंमा पनि सानो नभएको बताए । आगामी बजेट निर्माणका विषयमा आइतवारनै आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउन आवश्यक रहेको बताए । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको सेवा अन्यत्र पनि विस्तार गर्नेगरी बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । ‘स्वास्थ्य बीमा अति विपन्न परिवारसम्म पुग्ने, सुत्केरी सेवा सुधार गर्ने, मिर्गौला–कलेजोलगायत नसर्ने तर जटिल प्रकारको रोगको उपचार गर्न विदेश जानु नपर्ने स्थिति सृजना गर्न आगामी बजेटले सम्बोधन गर्ने उनले बताए । छलफलमा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ५०० देखि १ हजार ५०० शय्यासम्मको निर्मित अस्पतालहरुमा चिकित्सकको दरबन्दी र उपकरण व्यवस्था गर्नुपर्ने बताए ।

शिक्षामा बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि बजेट वृद्धि गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण पौडेलसँग शुक्रबार छलफल गर्नुभएको छ । छलफलका क्रममा शिक्षामन्त्री पौडेलले विद्यालय शिक्षा, उच्चशिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट अभाव भएको भन्दै शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत पु¥याउन आग्रह गर्नुभयो । उहाँले सबै माध्यमिक विद्यालयमा पु

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन् । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । उनले रकमान्तर र नयाँ बजेट निर्माणको तयारी सुरु भएकाले तत्काल गर्नुपर्ने काम केही […]