कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु नै समय सान्दर्भिक हुने सुझाव शिक्षा क्षेत्रका सरोकारवालाले दिनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले स्वास्थ्य सुरक्षाका कारण केही महिना अझै विद्यालय खोल्न नसकिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विद्यालय खुल्ने र विद्यार्थीमा सङ्क्रमण हुने हो भने त्यसले सीधै समुदाय नै सङ्क्रमित बनाउने भएकाले यसमा विचार पु¥याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।