सिमकोट – सिमकोट गाउँपालिकाले शिक्षण सिकाइ र कार्यसम्पादनका आधारमा दिने अनुदानका लागि विद्यालय छनोट गरेर बजेट प्रदान गर्ने कार्य गरेको छ। संघीय सरकारबाट प्राप्त ती दुवै शीर्षकका अनुदान बजेटलाई सञ्चालन कार्यविधिअनुसार विद्यालयलाई छनोट गरेर प्रदान गरेको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले दुवै शीर्षकमा आएको बजेटलाई गाउँपालिकाका तेह्र वटा विद्यालयलाई अनुदान सहयोग उपलब्ध गराइएको बताए। कार्यक्रम […]