सूचना प्रविधिको प्रयोगः शिक्षण सिकाइ न्यून

पाल्पा २३ भदौ । सूचना प्रविधिका प्रयोगमा आकर्षण वृद्धि भए पनि विद्यालय शिक्षाको शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी हुन सकेको छैन । शिक्षक तथा विद्यार्थीको रुचि नै नहुनु र विद्युत्, इन्टरनेट र मोबाइलकै कारण शिक्षण सिकाइ प्रक्रियाको उपलब्धि न्यून भएको हो । शिक्षा तथा विकास समन्वय एकाइ र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाद्वारा […]

सम्बन्धित सामग्री

म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम

म्याग्दी (बेनी), १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न १० लाख बढी सहयोग जुटाएको छ । ग्रामीण भेगमा रहेको यस विद्यालयका विद्यार्थीलाई आधुनिक शिक्षण सिकाइ क्रियाकलापमार्फत […]

देशभरिका ५१ प्रतिशत सरकारी विद्यालयमा मात्र कम्प्युटर

काठमाडौं : देशभरि रहेका सरकारी विद्यालयमध्ये आधामा मात्र कम्प्युटर सुविधा पुगेको छ। आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार देशभरि रहेका २६ हजार ४ सय ५४ सरकारी विद्यालयमध्ये फागुनसम्ममा जम्मा १३ हजार ५ सय ५९ अर्थात ५१ दशमलव ३ प्रतिशत विद्यालयमा कम्युटर सुविधा पुगेको हो।  ती विद्यालयमध्ये पनि ८ हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्। चालू आव ०७८/७९ मा विद्यालय क्षेत्र विकास कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३ हजार १ सय

शिक्षण सिकाइका मुख्य आधार

आजको दिनमा शिक्षण, प्रशिक्षण गर्ने कार्य निकै जटिल हुँदै गएको छ । अथाह ज्ञानको सागर वृद्धि हुँदै गइरहेको वर्तमान समयमा विद्यार्थीलाई बृहत् ज्ञान दिन र सिप सिकाउन त्यति सजिलोे भने छैन । यस लेखमा शिक्षण सिकाइ प्रव्रिmयाका विचार गर्नुपर्ने प्रमुख बुँदाका बारेमा छलफल गर्ने प्रयास गरिएको छ । जसमा स्पष्ट शिक्षण सिकाइका उद्देश्य, निर्देशात्मक र व्यावहारिक शिक्षण सिकाइका रणनीति, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिइएको छ । यसका साथै यस आलेखमा सामाजिक सञ्जाल र अनलाइन मिडियाहरू, भिडियोहरू, अडियोहरू, फिल्डवर्क, परियोजना कार्य, कक्षा वातावरण, विद्यार्थीको बसाइ व्यवस्थापन, विद्यार्थीलाई सामाजिक कार्यमा लगाई सिकाउने जस्ता विभिन्न उपाय र दृष्टिकोणका बारेमा चर्चा हुनेछ । शान्त प्रविधिमैत्री कार्य वातावरण, कार्यसंस्कृ