ऐतिहासिक ज्यामरुककोटबाट देखिएको प्राकृतिक सुन्दरता, तस्वीरहरू

म्याग्दी :  बेनी नगरपालिका-२ मा पर्ने १७ औं शताव्दीको ऐतिहासिक ज्यामरुककोट खड्गभवानी कोटबाट धवलागिरि हिमश्रृङखला १५ वटा हिमाल र चारवटा जिल्लाका दर्जनौ वस्तीहरूको प्राकृतिक दृश्यावलोकन गर्न पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू जान थालेपछि ज्यामरुककोट नयाँ पर्यटकीय स्थलको रुपमा चिनिदै जान थालेको छ।बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य अवलोकन गर्न सकिन्छ। बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय

सम्बन्धित सामग्री

प्रस्थानबिन्दु विचार शृंखला: अधुरो र अपुरो कर्णाली

कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिन्जा हाम्रो गौरव र पहिचान हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख जस्ता प्राचीन र ऐतिहासिक सम्पदा देख्न पाइन्छ ।

इतिहास बोकेको पाल्पाका बल्ढेङ्गढी

पूर्वपश्चिम राजमार्गबाट २२ किलोमिटरको दुरीमा छ पाल्पाको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढी । रैनादेवी छहरा गाउँपालिकाको वडा नं ७ मा रहेको बल्ढेङ्गढी प्राकृतिक सुन्दरता, ऐतिहसिक एवम् पुरातात्विक महत्व बोकेको यो ठाउँ हो ।

एकपाखे सोचले रोकेको उत्थान

नेपाल भन्नासाथ विश्वले सम्झनेमध्ये प्रमुख पक्ष हो— हिमाली शृंखलाको काखमा रहेको र दुई उदीयमान शक्तिराष्ट्र भारत तथा चीनबीच रहेको भूपरिवेष्टित राष्ट्र । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य ८ उच्च हिमशिखरहरू भएको, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश । साम्राज्यवादी शक्तिसँग भिडेर स्वतन्त्र अस्तित्व कायम गर्न सकेको ऐतिहासिक वास्तविकता ।

सिञ्जा सभ्यता संरक्षण गर्न विकास विधेयक ल्याइने

नेपाली भाषाको उद्गमस्थलका रूपमा आफूलाई विश्वभर चिनाएको जुम्लाको सिञ्जा पर्यटकको पर्खाइमा छ । ११ वटा गाविसमा फैलिएको यो क्षेत्र अहिले तीनवटा पालिकामा विभाजित भएको छ । सिञ्जा प्राकृतिक सुन्दरता, सांस्कृतिक परम्परा र इतिहासको नमुनाका रूपमा आफूलाई संसारमा उचो नाम राखेको छ । यहाँ नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमात्र होइन प्राचीन तथा ऐतिहासिक सम्पदा सुरक्षित अवस्थामा […]

सीएनएनको घुम्नै पर्ने विश्वका उत्कृष्ट २३ स्थानमा ‘मुस्ताङ’

म्याग्दी । अमेरिकी समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नै पर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । सीएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको हो […]

घुम्नैपर्ने विश्वका उत्कृष्ट २३ स्थानमा ‘मुस्ताङ’

म्याग्दी : अमेरिकी समाचार च्यानल सिएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नैपर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।सिएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरु मध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्नैपर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको हो।मुस्ताङको वर्णन गर्दै सिएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्र

सिन्धुलीगढीमा पर्यटन सम्भावना

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौंबाट करीब १ सय ५० किलोमीटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपादेखि बर्दिवाससम्म बीपी राजमार्ग निर्माणपछि यातायात सञ्चालन हुन थालेका कारण केही अघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यसबाट त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । विसं १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इँटाको प्रयोग गरी दुईतले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । नेपाली वीरताको ऐतिहासिक गाथा बोकेको सिन्धुलीगढीमा ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण भई गएको साउन दोस्रो हप्ता उद्घाटन भएको छ । करीब अढाई सय वर्षअगाडि नेपाल आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधद्वारा यसै स्थानमा परास्त गरिएको थियो । यस ऐतिहासिक स्थललाई विश्वसामु चिनाउन भइरहेको प्रयासबाट सम्पूर्ण नेपालीलाई गौरवको अनुभूति हुनु स्वाभाविक नै हो । सिन्धुलीगढीमा युद्ध संग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाहरूको संरक्षण हुनुका साथै सिन्धुली जिल्लालाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नसमेत मद्दत पुग्नेछ । हाम्रो देश प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिक सांस्कृतिक सम्पदा आदिका कारण एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहिआएको सन्दर्भमा विकसित राष्ट्रहरूको उदाहरणलाई समेत हेर्दा यस्ता ऐतिहासिक स्थलहरूबाट पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ प्राप्त गर्न सकिने सम्भावना रहेको छ । यसबाट हाम्रो गौरवमय इतिहासलाई बाह्य पर्यटनका माध्यमबाट अन्तरराष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नसमेत ठूलो मद्दत पुग्न जाने देखिन्छ । ऐतिहासिक पदमार्ग, गढी, सांस्कृतिक सम्पदालगायत ऐतिहासिक स्थलहरूको संरक्षण तथा संवर्द्धनमा सदाझैं नेपाली सेना र स्थानीय समुदाय बीचको सुदृढ समन्वय र सहकार्यको यो ज्वलन्त उदाहरण हो । नेपालको एकीकरण अभियानका ऐतिहासिक सन्दर्भ र घटनाहरूलाई विभिन्न तहका पाठ्यक्रममा अझ बढी समावेश गरी शिक्षाको माध्यमबाट भावी पुस्तासम्म राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावना प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । यस्ता गौरवपूर्ण ऐतिहासिक परिवेशहरू सबैको जानकारीमा ल्याउन देशका विभिन्न स्थानमा यस्तै संग्रहालय पुस्तकालय निर्माण गर्न र चलचित्र र वृत्तचित्र बनाउन राज्यको ध्यान पुग्नु अति आवश्यक छ । सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करीब १०५ किलोमीटर तन्काईमा रहेको महाभारत पर्वतको झन्डै मध्यमागमा करीब ५९ किलोमीटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीब २० किलोमीटरको दूरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौं आक्रमण अर्थात् विसं १३६७ देखि मात्र होइन, राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको छ । विक्रम संवत् १३६७ मा सिम्रौनगढका सेनाहरूले (डोयहरू) काठमाडौंमा व्यापक लुटपाट गरेर बनेपा हुँदै विदेह (जनकपुर/सीतामाढी ) फर्किएका थिए । कमलामाई मन्दिरमा विसं १०३४ मा चढाइएको मुकुटबाट सिन्धुलीअन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरू आजभन्दा करीब १ हजार ३० वर्षअगाडि पनि रहेको बुझिएकाले सिन्धुलीमाढी हुँदै तराई क्षेत्र होस् वा दोलखा काठमाडौं होस् जाने मुख्य बाटोका रूपमा सिन्धुली गढी रहेको सहजै अनुमान गर्न सकिन्छ । मुलकोट, खुर्कोटजस्ता कोट लागेका स्थानहरूले पनि प्राचीनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ । विसं १४०६ मङ्सिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्दिन इलियासले काठमाडौं लगभग ध्वस्त बनाएर बंगाल फर्किंदा सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुलीगढीलाई प्रमुख रणनीतिक नाकाका रूपमा लिएर सशक्त बनाइएको हुन सक्छ । सिन्धुलीगढी तत्कालीन मकवानपुरे शासकले बनाएको भन्दा पटकपटक काठमाडौं माथि आक्रमण हुँदा यही नाकाबाट शत्रुहरू आउने भएकाले काठमाडौंका तत्कालीन शासक जयस्थिति मल्लले विसं १४११ र १४५२ का बीचमा यसको निर्माण गरेको इतिहासकारहरूको अनुमान छ । जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ र मगध राज्यमाथि आधिपत्य लिएपछि नियन्त्रणमा लिएका राज्यहरूका पूर्वशासकहरूले पुनः कान्तिपुरमाथि आक्रमण गर्न नसकून् भनेर विसं १५०० तिर यस गढीमा सैन्य संख्या बढाई सशक्त बनाएका थिए । पछि मिथिला, मगधलगायत बंगालका व्यापारीहरू दोलखा, काठमाडौं बनेपासम्म व्यापार गर्न आवतजावत गर्ने प्रमुख नाकाका रूपमा सिन्धुलीगढी र≈यो । विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य लिएपछि बंगालका शक्तिशाली शासकहरूले कान्तिपुरमाथि सैन्य कार्यबाही गर्ने प्रबल सम्भावना देखेर सिन्धुलीगढीमा यी राजाले यक्षमल्लले भन्दा बढी निगरानीका साथ लडाकूहरूको व्यवस्था गरेको थिए । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस सिन्धुलीगढी क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । यस क्षेत्रमा, ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्ने छ । यातायातको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गर्न सकिन्छ । डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व

–जमुनावर्षा शर्मापर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो ।  यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना महामारीका कारण यहाँ गत वर्ष र यस वर्ष पनि धुमधामका साथ मनाउन नसकिएको यस गाईजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन् । सनातन धर्म सेवा समितिका अध्यक्ष रव

कर्णालीमा छाएन भ्रमण वर्षको रौनक

नेपाली भाषाको उद्गम स्थल सिंजा उपत्यका संघिय सरकारले छनौट गरेको सय गन्तव्यमा परेको करिब ३ वर्ष भयो । त्यस्तै कर्णाली प्रदेश सरकारले सार्वजानिक गरेको ४० पर्यटकिय गन्तव्यमा पनि सिंजा उपत्यका प्रथामिकतामा थियो । प्रदेश तथा संघिय सरकारले कर्णालीका प्राकृतिक सुन्दरता, ऐतिहासिक महोत्वका तस्बिर खुबै प्रचार गर्यो, सोहि अनुरुप भ्रमण वर्ष २०२० भित्र संघिय सरकारले २० लाख र कर्णाली सरकारले विदेशी पर्यटक मात्र एक लाख भित्राउने लक्ष्य निर्धारण गरेको छ ।