नेपाल भन्नासाथ विश्वले सम्झनेमध्ये प्रमुख पक्ष हो— हिमाली शृंखलाको काखमा रहेको र दुई उदीयमान शक्तिराष्ट्र भारत तथा चीनबीच रहेको भूपरिवेष्टित राष्ट्र । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य ८ उच्च हिमशिखरहरू भएको, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश । साम्राज्यवादी शक्तिसँग भिडेर स्वतन्त्र अस्तित्व कायम गर्न सकेको ऐतिहासिक वास्तविकता ।