प्रस्थानबिन्दु विचार शृंखला: अधुरो र अपुरो कर्णाली

कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिन्जा हाम्रो गौरव र पहिचान हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख जस्ता प्राचीन र ऐतिहासिक सम्पदा देख्न पाइन्छ ।