–जमुनावर्षा शर्मापर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो । यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना महामारीका कारण यहाँ गत वर्ष र यस वर्ष पनि धुमधामका साथ मनाउन नसकिएको यस गाईजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन् । सनातन धर्म सेवा समितिका अध्यक्ष रव