म्याग्दी : ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’कुनै वेला अत्यन्त चर्चित यो गीतका हरफमा भनिए झैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले अझै चर्चामा आएको छ।प्राकृतिक सुन्दरता, ऐतिहासिक भूमिका र सुरम्य वातावरणका कारण चर्चामा रहने गरेको म्याग्दी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनीबजारले अब खेल पर्यटनको सम्भावना रहेको ठाउँ भनेर पनि नयाँ परिचय पाएको छ। हिमाली पर्यटकीय जिल्ला म्याग्दीमा नवौं राष