विवाद मिलेसँगै सञ्चालनमा आयो नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीको पुल

निर्माण सम्पन्न भएर पनि सडक  एप्रोच सडकको ट्रयाक खोल्ने विषयमा विवाद हुँदा झण्डै तीन महिनासम्म सञ्चालनमा आउन नसकेकाे नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बुधबारदेखि सञ्चालनमा आएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका –५ केउरेनी र  धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार जोड्ने १९२ मिटर लामो सो पुल जग्गा विवाद मिलेसँगै आइतबारदेखि सञ्चालनमा आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । सडकको ट्र्याक खोल्ने विषयमा द

सम्बन्धित सामग्री

२७५ मिटरको खोलामा २०५ मिटरको पुल

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।

पक्की पुल टुलुटुलु हेर्दै पैसा तिरेर कच्ची पुलबाट यात्रा

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनी बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।

सञ्चालनमा आयो मीरगञ्ज पुल

भारतको बथनाहाको परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ । ग

मीरगञ्ज पुल आंशिक सञ्चालन

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए । मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो । १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् । भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।

नदीमा पुल बनेपछि स्थानीयवासी हर्षित

जनकपुर- लामो समयको प्रतीक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढ्ेको हो । विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र […]

१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

कंगोमा नेपाली सेनाले बनाइदियो सारी नदीको पुल (फोटोसहित)

काठमाडौं :  कंगोमा रहेको नेपाली शान्ति सैनिकले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ। नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत-जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो। कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले उक्त पुलको मर्मत गरेर सञ्चालनमा ल्याएको नेपाली सेनाले जनाएको छ।  मर्मत पश्चात् उक्त पुल मुनुस्को मिसनका डेपुटी स्पेशल रेप्रिजेन्टेटिभ्स&n

ठेकेदारको लापरवाहीले आठ वर्षदेखि पुल अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ। ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो। पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ।

‘रि–रुट’को समस्या अन्त्य

विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दक्षिण भारतको मिरगञ्जस्थित परमान नदीको पुल सञ्चालनमा आएको छ । डेढ महिनाअघिदेखि भारतबाट आउने मालवाहक सवारीसाधन आवातजावत भइरहे पनि भारतीय पक्षले शुक्रबार औपचारिक निर्णय गरेपछि तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु बोकेका सवारी साधनसमेत सो पुलबाट आवातजावत गर्न पाउने भएका हुन् ।

प्रमाणा पुलको मर्मत पूरा

बाढीका कारण क्षति ग्रस्त बनेको भारतको बथनाहा मिरगन्जस्थित प्रमाणा नदीको पुल मर्मतपछि शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विराटनगर भन्सारबाट करिब ५ किलोमिटर दक्षिणपश्चिमको उक्त पुल साउन २८ मा आएको बाढीले क्षति पुर्‍याएपछि भदौ ४ देखि बन्द गरिएको थियो ।