१० वर्ष लगाएर बनाइँदै गरेको कमला पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम : सिरहा–धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। आज बिहानको बाढीले पुलको एउटा पिलर भासिएको हो।सञ्चालनको तयारी भइरहेको बेला पुलको एउटा पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। उनका अनुसार पुलमा १२ स्पान (पिलर) रहेको छ। जसमध्ये एउटा एक फिट भासियो। पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने प्रजिअ कँडेल बताउँछन्। ४७० मिटर लामो पुल मात्र ४२ महिनामा बनाउने सम्झौता पप्पु कन्स्ट्रक्सनले

सम्बन्धित सामग्री

पूर्वाधारमन्त्रीले गरे भासिएको कमला पुल निरीक्षण [तस्बिरहरू]

पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा धनुषा जोड्ने कमला पुल निर्माणाधीन अवस्थामै भासिएको करिब २० महनिा पुग्न लाग्दा समेत पुनःनिर्माणको काम थालिएको छैन।  तराईको लाइफलाइनको रुपमा लिइने हुलाकी सडकको कमला पुल भासिएपछि स्थानीय...

कमला पुल भासिएको विरोधमा प्रदर्शन, छानबिन गरी दोषीलाई कारबाही गर्न माग

१० वर्षदेखि निर्माण भइरहेको कमला पुल निर्माणको अन्तिम चरणमा पुगेर सामान्य बाढीले भत्काएपछि विरोधमा स्थानीय युवाले प्रदर्शन गरेका हुन्

१० वर्षदेखि निर्माणाधीन कमला पुल उद्घाटन नहुँदै भाचियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो । सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया (पायर) भासिएको हो । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर […]

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– &lsquo

कमला पुल सञ्चालन गर्ने प्रतिबद्धता

धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी एक वर्षभित्र सञ्चालनमा आउने सरोकारवालाले दाबी गरेका छन् । हुलाकी सडक सङ्घर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ अन्तरक्रियामा सरोकारवालाले यस्तो दाबी गरेका हुन् ।

दुई हप्ताभित्रै कमला पुल निर्माण सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षण गर्नुहुँदै

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्राविधिक टोलीसहित धनुषा र सिरहा जोड्ने कमला पुल निरीक्षणको पुग्नुभएको छ ।