स्थानीय निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा गठबन्धन दलहरूभित्र आ–आफ्नो दाबी गर्ने क्रम बढेको छ । केन्द्रले ५ दलीय गठबन्धन गर्ने निर्देशन दिए पनि कपिलवस्तुका केही स्थानीय तहमा आ–आफ्नो ढिपीका कारणले गठबन्धन सहज ढङ्गले बन्न सकिरहेको छैन ।जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका मुख्यतः नेपाली काँग्रेसको दाबी रहेको छ । नेपाली काँग्रेसले विगतमा जितेका र जनाधार भएका ठाउँ नछाड्ने मनसाय देखाएको छ । यद्यपि यो विषयमा औपचारिक रूपमा टुङ्ग्याउनका लागि अझै समय लाग्ने नेताहरू ब