अख्तियारसँग बढ्दो जनगुनासो: उजुरी लिने, कारबाही नहुने आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही प्रति नागरिकको तीव्र असन्तुष्टी देखिएको छ। आयोगको प्रादेशीक कार्यालय कंचनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले अख्तियारको काम कारबाही सन्तोषजनक नभएको र पूर्वाग्रही भएको आरोप समेत लगाएका छन्।...

सम्बन्धित सामग्री

नेप्से प्रणालीमा बारम्बर उठ्छ आशंका

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीबारे शेयरबजारका सरोकारवालाले विभिन्न कालखण्डमा विभिन्न किसिमका आशंका व्यक्त गर्दै आएका छन् । यस विषयमा सरोकारवालाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयसम्म उजुरी र गुनासो पनि गर्दै आएका छन् ।  नेप्सेले २०७५ कात्तिकदेखि अनलाइन कारोबार सञ्चालन गर्न नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको थियो । अहिले लगानीकर्ताले नट्स प्रणालीअन्तर्गतको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गरी नेपाली शेयरबजारमा शेयर किनबेच गर्दै आएका छन् ।  नट्सका साथै नट्स प्रणालीअन्तर्गतको टीएमएसको निर्माण वाइको प्रालिले गरेको छ । नट्स र टीएमएस दुवैको मर्मतसम्भार अहिले यही कम्पनीले गर्दै आएको छ । लगानीकर्ताका साथै ब्रोकरहरूले पनि वाइकोले प्रणालीमा अनधिकृत प्रवेश गरेर बजारमा चलखेल गरेको भनेर विभिन्न नियामक निकायमा उजुरी गर्दै आएका छन् । नेप्सेले पनि वाइकोलाई यस विषयमा पटकपटक स्पष्टीकरण सोधिसकेको छ ।  वाइकोले नेप्सेको अनलाइन प्रणाली बनाउने जिम्मा पाएको समयबाटै सरोकारवालाले वाइकोबारे प्रश्न गर्दै आएका छन् । नेप्सेका अधिकारीहरू उक्त समयमा सार्वजनिक खरीद प्रक्रियाअनुसार नै नेप्सेले अनलाइन प्रणाली निर्माणको जिम्मा वाइकोलाई दिएको बताउँछन् । ‘सार्वजनिक खरीद प्रक्रियाअनुसार नै नेप्सेको अनलाइन प्रणाली बनाउने जिम्मा वाइकोले २०७४ सालमा पाएको थियो । वाइकोले मापदण्डअनुसार नै प्रणाली बनाएर सम्झौतामा भएअनुरूप नेप्सेलाई १ वर्षमा प्रणाली हस्तान्तरण पनि गरिसकेको छ,’ नेप्सेका एक उच्च अधिकारी भन्छन्, ‘अहिले वाइकोले एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट (एएमसी) अन्तर्गत प्रणाली मर्मतसम्भारको काम मात्रै गर्दै आएको छ ।’ विभिन्न निकायमा बजारमा वाइकोको शेयर स्वामित्वबारे पनि प्रश्न उठ्दै आएको छ । सेबोनले नेप्सेलाई उक्त विषयमा स्पष्टीकरण पनि सोधेको थियो । नेप्सेले सेबोनलाई वाइकोसँग सम्झौता हुँदाको स्वामित्व विवरण पनि पठाएको थियो । तर, अहिले वाइकोको शेयर संरचनामा धेरैपटक परिवर्तन भइसकेको छ । वाइकोमा अहिले स्वार्थको द्वन्द्व हुने लगानीकर्ताको लगानी रहेको भन्दै पटकपटक उजुरी परेको छ ।  वाइकोको शेयर स्वामित्व परिवर्तनबारे नेप्सेका उच्च अधिकारीलाई प्रश्न गर्दा त्यस विषयमा आफू अनभिज्ञ भएको बताउँछन् । ‘सीडीएससीले प्रणाली ल्याउँदा बम्बई स्टक एक्सचेन्जको सीडीएसएलको आईटी कम्पनीले निर्माण गरेको प्रणाली ल्याएको थियो । उक्त प्रणाली मर्मतसम्भारको काम पनि उक्त आईटी कम्पनीले नै गर्दै आएको थियो,’ नेप्सेका ती अधिकारी भन्छन्, ‘अहिले उक्त कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) ले खरीद गरेको छ । त्यसैले सीडीएससीको मर्मतसम्भारको काम पनि टीसीएसले नै गर्दै आएको छ । आफूसँग भएको सम्पत्ति बेच्ने अधिकार त सबैसँग हुन्छ । त्यसैले वाइकोलाई पनि आफ्नो सम्पत्ति बेच्ने अधिकार छ ।’  ती अधिकारीका अनुसार नेप्सेको प्रणालीको साँचो अर्थात् आईडी, पासवर्ड नेप्सेसँग मात्र छ । त्यसैले वाइकोले प्रणालीमा अनधिकृत प्रवेश गर्न सम्भव छैन । ‘यस्तै प्रत्येक २ वर्षमा हामीले सिस्टम अडिट पनि गर्नुपर्छ । त्यसैले त्यस्तो प्रवेश भएको विषय अडिट गर्दा पनि थाहा हुन्छ,’ ती अधिकारीले भने ।  नेप्से प्रणालीमा कुनै एउटा कर्मचारीले अनधिकृत प्रवेश गरी चलखेल गर्न कत्तिको सम्भव छ त ? जवाफमा ती अधिकारी भन्छन्, ‘नेप्सेको आईटी पोलिसीमा सबै विषय स्पष्टसँग भनिएको छ । नेप्से प्रणालीअन्तर्गतको नट्समा २० ओटा फरकफरक मोड्युलहरू छन् । पोलिसीमा नै स्पष्टसँग कुनै एउटा कर्मचारीसँग सबै मोड्युलहरू एक्सेस हुँदैन भनेर भनिएको छ । त्यसैले कर्मचारीले प्रणालीमा अनधिकृत प्रवेश गरेर बजारमा चलखेल गर्नु भनेको असम्भव जस्तै हो ।’

ट्रमामा एम्बुलेन्स खरिदमा अनियमितताको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय ट्रमा सेन्टरले एम्बुलेन्स खरिदमा अनियमितता गरेको आशंकामा कागजात झिकाई छानबिन थालेको छ । ट्रमामा एचडी माइक्रोस्कोप, एम्बुलेन्सलगायत खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेर २०७९ पुसमा अख्तियार, प्रधानमन्त्रीको कार्यालय, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेको थियो ।

झारखण्डकी अभिनेत्रीको श्रीमानद्वारा हत्या गरिएको आशंका

एजेन्सी । भारतको झारखण्डकी अभिनेत्री रिया कुमारी उर्फ ईशाआलियाको हत्या उनका श्रीमानले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध उजुरी दिएपछि यो कुरा बाहिर आएको हो । यसैबीच प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ । यसअघि उनले प्रहरीलाई अपराधीहरूले लुटपाट गरी श्रीमतीको हत्या समेत गरेको भन्दै कहानी […]

पल प्रकरण : ‘पीडित’को बयान फेरियो

काठमाडौं : कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले न्यायालयमा बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लिखित विवरण वास्तविक नभएको बताएकी हुन्।पीडितका तर्फबाट मुद्दा लडिरहेका वकिलका अनुसार आफूले अरूको उक्साहटमा परेर उजुरी दिएको दाबी गरेकी छन्। नाबालिग गायिकाको आजको बयानसँगै मुद्दामा विभिन्न आशंका गरिन थालेका छन्।

निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेस महामन्त्री कोइरालाको आशंका

काठमाडौं। नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले निर्धारित मितिमै महाधिवेशन नहुनेमा प्रश्न उब्जिएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुरामा महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण महाधिवेशनको मितिमा प्रश्न चिन्ह खडा भएको बताए। उनले क्रियाशील सदस्यका सम्बन्धमा उजुरी आएकाले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन समस्या हुने बताए। “भएका ४६ जिल्लामा पनि उजुरीहरु आएको छ।हामी प्रयास गर्दैछौं, क्रियाशीलको छिटो टुंग्याउन”,उनले भने।

जघन्य अपराधमा आन्दोलन : प्रहरीमाथि अविश्वासको परिणाम

२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार ब्रह्मस्थानी सामुदायिक वनको झाडीमा भेटियो । परिवारले अपहरणको आशंका सहित उजुरी दिएको ९ दिनपछि शव भेटिंदा स्थानीयले प्रहरी विरुद्ध नारावाजी गरे । सोमबार अनुसन्धानमा संलग्न अधिकृतले घटनास्थलको मुचुल्का गरेर भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरे । तर स्थानीयको […]

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । कोरोना भाइरस नियन्त्रण […] The post सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

संसदीय समितिद्वारा द्रुतमार्गको अनुगमन, समयमै निर्माण सकिनेमा आशंका

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाडौंलाई तराई जोड्ने द्रुतमार्गको संयुक्त अनुगमन गरेको छ। नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग निर्माणमा ढिलाई भएको गुनासो बढिरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन्।संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो। संसदीय अनुगमनमा पुगेका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग द्रुत मार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरे

सत्य निरुपण आयोगले उजुरीको छानबिन थाल्यो - Naya Patrika

आयोगको कामप्रति पीडितकै आशंका – सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटा प्रदेशबाट संकलन भएका उजुरीको छानबिन सुरु गरेको छ । आयोगले द्वन्द्वपीडितको उजुरी संकलन गरेर कारबाही प्रक्रिया अगाडि बढाए पनि...पूरा पढ्नुहोस् »