काठमाडौं। पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ। असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २०गते शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको हो। सो घटनाको थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले बताए।