सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवन पिप्लेमा कर्फ्यु

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वी चितवन पिप्लेका स्थानीयले सडक प्रदर्शन बढाउँदै लगेपछि चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ साढे ७ बजेदेखि २४ घण्टासम्म कर्फ्यु आदेश जारी गरेको छ । सडकमा लामा दुरीका गाडीबाहेक केही चल्न नपाउने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा उल्लेख छ ।