काठमाडौं : सरकारी रकमको दुरुपयोग गरेर चन्द्रागिरि नगरपालिकाको ८ ले महिलाहरुलाई सारी बाँड्न लागेको छ। महिलाहरुको मागअनुसार भन्दै वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट महिलाहरुलाई सारी बाँड्न लागेका हुन्।शनिबार दिउँसो २ बजे वडा कार्यालय मातातीर्थमा महिलाहरुलाई साडी लिन आउन सूचना निकालेका छन्। महिलाले साडी पाऊ भनी आवेदन दिएकाले साडी बाँड्ने कार्यक्रम राखिएको शुक्रबार जारी गरेको सूचनामा भनिएको छ। सरकारी रकमबाट महिलालाई साडी बाड्न लागेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइर