आचारसंहिता विपरित साडी बाँड्दै चन्द्रागिरिका वडा अध्यक्ष

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ ले स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित महिलालाई साडी बाँड्न लागेको छ । वडाले शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो । शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागिएको उल्लेख छ । ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपशीलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।२८ वटा समूहका महिलाहलाई ७ यि भन्दा बढी साडी बाँड्न लागिएको हो । साडी १ हजार २५० रुपैयाँका दरले किनिएको पाईएको छ । तर, निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले भने आफूहरुलाई यसको जानकारी आईसकेको र यो काम तत्काल रोक्न भनिएको बताएका छन् ।

सम्बन्धित सामग्री

तिलोत्तमा–९ का वडा अध्यक्ष आचारसंहिता विपरीत चुनाव प्रचारमा

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी ह