नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीमाथि धरपकड तीव्र बनाएको छ । ब्यूरोले दुई दिनको अन्तरालमा मात्र २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठका अनुसार पछिल्लो समय ब्यूरोले कारोबारीको जालोसम्म पुगेर पक्राउ गर्न थालेको बताएका छन् । पक्राउ परेका व्यक्तिको सम्पर्क सूत्र खोज्दै जाँदा दुई दिनको फरकमा २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएको श्रेष्ठले बताए । ब्यूरोले आइतबार मात्रै १० जना कारोबारीलाई पक्राउ गरी