इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका छन् ।“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र तीमध्ये २४ ल