लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै, नियन्त्रणका लागि झापा प्रहरी आक्रामक बन्दै

लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणमा झापा प्रहरी आक्रामक शैलीमा लागिपरेको छ । सामाजिक समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन सकेको छैन ।चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रहरीले लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न ३०२ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । उनीहरुलाई विभिन्न लागुऔषध सहित नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई लागुऔषध सम्बन्धी १९४ वटा मुद्दा दर्ता गरिएको जिल्ल