धनगढी : कैलालीस्थित कारागारमा लागुऔषध ओसारपसार गरेको आरोपमा २ जना समातिएका छन्। कारागारभित्र लागुऔषध ओसारपसार गरेको आरोपमा एक प्रहरी सहायक हवलदारसहित २ जना पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीले ३१ असोजमा धनगढी उपमहानगरपालिका–७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदारलाई पक्राउ गरिएको जनाएको छ। कारागारमै कार्यरत हवलदार अपिल भाट पक्राउ परेका हुन्।चौधरीको बयानपछि प्र