विराटनगर : नारायण गोपालको स्वरमा रहेको ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ गीत र बेलबारी– २ लालभित्तिका ५२ वर्षीय पञ्चकुमार राईको भोगाई उस्तै छ। आफू बस्दै आएको जमिन छोडेर जाउँ भने २ दशक देखिको लगाव छ त्यो ठाँउसँग। छोडी गए कहाँ जाने उनीसँग कुनै गन्तव्य नै छैन।२३ वर्षदेखि सरकार फेरिएपिच्छे लालपुर्जा पाउने आशमा बसेका पञ्चकुमारका परिवारका लागि नियमित अन्तरालमा आउने चुनाव नेताको भोट माग्ने भाँडो मात्र भए झैँ लाग्न थालेको छ। ‘आशै, आशमा बनिबास भने झ