आवासविहीन, भूमिहीन र सुकुम्बासीले आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो भोटलाई राजनीतिक दलका आश्वासनसित नसाट्ने बताएका छन् । दलहरूले प्रत्येक चुनावमा घर, जग्गा दिनेलगायतका आश्वासन बाँड्ने गरेको तर त्यसअनुसार काम नगरेकाले अब आश्वासनमा नभुल्ने काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीको भनाइ छ ।