चन्द्रसिंह नेपालीले केही पहिलासम्म घरमा खाने मात्र तरकारी लगाउँथे । व्यावसायिक उत्पादन गर्ने सोच भए पनि तरकारी किन्न कोही नआउने, बजारसम्म झार्दा लागत पनि नउठ्ने समस्या थियो ।
विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।
बैजापुरमा मेडिकल समेत सञ्चालन गर्दै आएका थारुले विगत स्मरण गर्दै भने, 'कच्ची बाटो थियो । एम्बुलेन्स ल्याउनसक्ने अवस्था थिएन । अहिले आँगनमै एम्बुलेन्स छ । खोलामा डुब्दै जानुपर्ने अवस्था थियो । अहिले त जीवनयापनै परिवर्तन भयो ।'
लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]
लमजुङ । समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ […]
म्याग्दी : स्थानीय तहको निर्वाचन आउन अब केवल ९ दिन बाँकी छ। मतदाताको भोट आफ्नो पोल्टामा पार्नका लागि म्याग्दीका राजनीतिक दलहरु भोट माग्दै जनताका घरदैलो र खेतबारीमा पुगेका छन्।गाउँघरमा किसानहरुलाई खेती लगाउने र थन्क्याउने चटारो छ। मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरूले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने लगायतका कामहरुमा सघाए जस्तो पनि गर्छन्।यस पटकको निर्वाचनका शैली पनि विगतका निर्वाचनहरूको भन्दा फरक छ। चर्को माइकिङ र गाउँ शहरमा असरल्ल दे
सिन्धुलीको मरिण गाउँपालिका–५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथाजस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रूपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।
मरिण गाउँपालिका –५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथा जस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रुपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।
जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।
हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।
साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।
तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ ।
जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।
पश्चिम नेपालको तराईका थारु बस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तर पछिल्ला वर्षहरुमा पहिलेको भन्दा फरक शैलीको रौनक छ ।
केही वर्ष पहिलेसम्म माघ महिना नजिकिँदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर गाउँ गाउँमा देखिन्छ ।