म्याग्दी : स्थानीय तहको निर्वाचन आउन अब केवल ९ दिन बाँकी छ। मतदाताको भोट आफ्नो पोल्टामा पार्नका लागि म्याग्दीका राजनीतिक दलहरु भोट माग्दै जनताका घरदैलो र खेतबारीमा पुगेका छन्।गाउँघरमा किसानहरुलाई खेती लगाउने र थन्क्याउने चटारो छ। मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरूले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने लगायतका कामहरुमा सघाए जस्तो पनि गर्छन्।यस पटकको निर्वाचनका शैली पनि विगतका निर्वाचनहरूको भन्दा फरक छ। चर्को माइकिङ र गाउँ शहरमा असरल्ल दे